२०८० असोज ६ गते शनिवार

छाड्न थाले सारथिले, एमालेमा बढ्दैछ माधव नेपालको संकट



१४ चैत,काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अदालतको फैसलाको सम्मान गर्दै पार्टीमा फर्कन खोज्दा केपी शर्मा ओलीले पार्टीको त ढोका बन्द गरिदिएको बताएका छन् । वृहत नागरिक आन्दोलनले शनिबार काठमाडौँमा गरेको नागरिक सभामा त्यस्तो बताएका हुन् ।

नेपालले भने, ‘अब सर्वोच्चको फैसला छ, पुरानो ठाउँमा फर्क । हामी पुरानो ठाउँमा फर्कन खोजिरहेका छौँ, तर बिडम्बना छ । पार्टीमा त ढोका बन्द गरिएको छ ।’

पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रतिगमनकारी कदमविरुद्ध संघर्षको मैदानमा भइरहेको मान्छेलाई सर्वोच्च अदालतले फेरी पार्टीमा घोक्राएर पठाइदिएको बताए । उनले सर्वोच्च अदालतले फागुन २३ गते फैसलालाई ‘विचित्रको फैसला’का रूपमा व्याख्या गरे ।

‘दुइटा पार्टीहरूले स्वतन्त्रताका साथ स्वायत्त पाटीले निर्भिकताका साथ निर्णय गर्दै एक भए । निर्वाचन आयोगले दर्ता प्रमाणपत्र प्रदान गर्‍यो । नेपाल राजपत्रमा प्रकाशित पनि भयो । नयाँ पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बन्यो । पार्टी एक भएपछि दुई सयभन्दा बढी उपनिर्वाचन भए । त्यसपछि सर्वोच्चले भन्छ, त्यो बेलामा गरिएको एकतालाई हामी मान्दैनौँ । कस्तो विचित्रको,’ उनले भने, ‘यो त कस्तो भयो भन्दा दुईटाले तय गरे, अब हामी विहे गर्छौं । श्रीमान् र श्रीमतीले बच्चा जन्माए । जन्माएको बच्चा पनि मान्दिनँ, बिहे पनि मान्दिन भनेजस्तो भयो ।’

नेपालले पार्टीमा २०७५ साल जेठ २ गते दुई पार्टी एकिकरण हुनुभन्दा अघिको अवस्थामा पार्टीलाई फकाऔँ, पार्टीको पुरानो संगठनात्मक संरचनालाई स्विकार गरौँ भन्दा आफूलाई पार्टी नेतृत्वले बाइकट गरेको बताए ।

उनले भने, ‘हाम्रा प्रधानमन्त्री केपी ओलीले बालुवाटारमा गोप्य रूपमा विशेष भेला बोलाउनुभयो । मसँग जोडिएका, महाधिवेशनमा प्रतिस्पर्धामा उत्रिएर उहाँलाई मतदान नगरेका सबैलाई बाइकट, माइनस गर्नुभयो । एक अचानक विशेष बैठकको नाउँमा १० औँ, ११ औँ बैठक एकै दिन आयोजना गरेर हामीलाई १२ गतेको बैठकमा टेलिभिजनमार्फत् सम्वाद पठाउनुभयो । हामीले भन्यौँ हुँदैन ।’

लोकतन्त्रको मूल्यमान्यता अनुरुप बनेका विधिको शासन पार्टी, देश, समाज तीनवटै ठाउँमा लागु हुनुपर्नेमा अनेक दाउपेच भइरहेको नेपालले आरोप लगाए ।

प्रकाशित मिति : २०७७ चैत्र १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस्