२०८० असोज १७ गते बुधवार

आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु



१४ चैत,घोराही ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका १० गारावाङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ । जङ्गलमा लागेको आगो गाउँतिर पसेपछि आगो निभाउने क्रममा ४५ वर्षीया सर्केनि दमाईको जलेर मृत्यु भएको हो ।

आगो निभाउन खोज्दा जलेकी सर्केनीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । बिहीवारदेखि वडा नम्बर १० को राजिखेतबाट सुरु भएको आगो गाउँतिर फैलिएपछि स्थानीयवासी त्रसित बनेका छन् ।।

प्रकाशित मिति : २०७७ चैत्र १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस्