२०७८ माघ ९ गते आइतवार

नाबालिका बलात्कार गर्नेलाई १८ वर्ष कैद



१४ चैत, उदयपुर । नाबालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत उदयपुरले उदयपुरगढी गाउँपालिका ५ का २४ वर्षीय छविलाल श्रेष्ठलाई १८ वर्षको कैद फैसला गरेको छ ।

जिल्ला न्यायाधीश माधवप्रसाद सुवेदीको इजलाशले श्रेष्ठलाई बलात्कारी ठहर गरेको हो । श्रेष्ठलाई क्षतिपूर्ति वापत ७५ हजार रुपैयाँ र पीडित राहत कोषमा दुई हजार दुई सय रुपैयाँ जरिवाना भराउनसमेत अदालतले आदेश दिएको छ ।

श्रेष्ठले बालिकालाई २०७७ साल असार २४ गते उदयपुरगढीमा बलात्कार गरेका थिए । उजुरी परेपछि साउन १८ गते उनलाई पुर्पक्षको निम्ति जिल्ला कारागार चलान गरिएको थियो ।

अदालतले पीडिततलाई क्षतिपूर्तिवापत ७५ हजार रुपैयाँ भराउन आदेश दिएको छ । फैसलामा कसुरदारबाट राहत कोषमा २ हजार २ सय रुपैयाँ भराउन आदेश भएको श्रेस्तेदार धनबहादुर कार्कीले बताए । जनआस्थाबाट

प्रकाशित मिति : २०७७ चैत्र १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस्