१४ चैत,घोराही । दाङमा आफ्नै साथीले चलाएको बन्दुकको गोली लागी एक जनाको ज्यान गएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १२ चाम्फाखालि वनमा शिकार खेल्न गएका घोराही १३ का ५० वर्षिय टेक बहादुर गुरुङको आफ्नौ साथीले चलाएको गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नावय उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो । । उहाँका अनुसार शुक्रबार राति घटना भएको हो ।
घोराही १३ का ३४ वर्षिय मधु शर्मा,२७ वर्षीय भिम बहादुर घर्ती र मृतक टेक बहादुर गुरुङ गरि ३ जना बँदेलको सिकार खेल्न गएका रहेछन्, बँदेल भनेर गोली चलाउँदा साथीलाई हानेको जस्तो प्रारम्भिक अनुसन्धानबाट देखिन्छ’, उहाँले भन्नुभयो । उक्त घटनामा संलग्न १ भरुवा बन्दुक सहित २ जनालाई नियन्त्रणमा लिई सकिएको प्रहरी नायव उपरीक्षक रिजालले जानकारी दिनुभयो ।
घटनाको विषयमा थप जानकारी आउन बाँकी रहेको उहाँले बताउनुभयो । जंगल क्षेत्रमा बस्ती भएको त्यहाँ उत्पादन हुने कृषि बाली खान बँदेल आउने हुँदा पनि उनीहरु बँदेलको सिकार गर्न गएको हुन सक्ने वडा नम्बर १२ का वडा अध्यक्ष राजेन्द्र बुढाले बताउनुभयो ।