२०७८ बैशाख ७ गते मङ्गलवार

दाङ छायांकनको लागि उपयुक्त गन्तव्य बन्न सक्छः नायक शाक्य



१३ चैत,घोराही ।
अभिनेता धिरेन शाक्यले दाङ जिल्लालाई पनि चलचित्र नगरीको रुपमा विकास गर्न सकिने थुप्रै सम्भावना रहेकोे बताउनु भएको छ ।

चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाले आज गरेको साक्षात्कार कार्यक्रम दाङ भौगोलिक हिसाबले केन्द्रिय राजधानीबाट टाढा भएता पनि जिल्लामा चलचित्र छायांकन गर्न सकिने धेरै ठाउँहरु रहेको बताउनुभयो ।

जिल्लालाई चलचित्र नगरीको रुप दिन सकिने र दाङ छायांकनको लागि उपयुक्त गन्तव्य बन्न सक्ने बताउनुभयो ।

चलचित्र पत्रकार संघ नेपाल, दाङका अध्यक्ष शिव पुनको अध्यक्षतामा भएको कार्यक्रममा अभिनेता धिरेन शाक्यले कोभिड–१९ ले धरापमा परेको चलचित्र क्षेत्र चलायमान कहिलेबाट हुन्छ यसै भन्न सकिने अवस्था नभएकाले अहिले चलचित्र निर्माण घोषणा र प्रदर्शन गर्न हतार नगर्दा राम्रो हुने बताउनुभयो ।

चलचित्र पत्रकार संघ नेपाल, दाङका सल्लाहकार शरद रेग्मीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा संघका संस्थापक उपाध्यक्ष चेतन रेग्मीले धन्यवाद ज्ञापन गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण सचिव पुर्ण केसी मुस्कानले गर्नु भएको थियो ।।

प्रकाशित मिति : २०७७ चैत्र १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्