२०८० असोज ६ गते शनिवार

तीन आर्थिक वर्षमा क्षयरोगबाट तुलसीपुरमा ७ जनाको मृत्यु



१३ चैत,घोराही।
तुलसीपुर उपमहानगरपालिकामा पछिल्लो तीन आर्थिक बर्षमा क्षयरोगबाट ७ जनाको मृत्युभएको छ ।

तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्द्धन महाशाखाका जनस्वास्थ्य निरीक्षक बिमल केसीका अनुसार गएको आर्थिक बर्ष २०७६÷७७ मा एकजना, ०७५/७६ मा ३ जना र ०७४/७५ मा तीनजनाको क्षयरोगबाट मृत्युभएको हो ।

त्यस्तै चालूआर्थिक बर्षको माघ महिनामा १४५ जनामा क्षयरोग पुष्टि भएको छ । त्यस्तै आर्थिक वर्ष २०७४/०७५ मा २४१ जना, आर्थिक वर्ष २०७५/०७६ मा २६८ जनामा क्षयरोग देखा परेको छ । हालसम्म तुलसीपुर उपमहानगरपालिकाको १९ वटै वडामा १५९ जना प्रति हजार दर नयाँ बिरामी फेला परेको केसीले बताउनुभयो ।

क्षयरोग निको हुनेको संख्या ९५ दशमलव ६ प्रतिशत रहेको छ । जसमध्ये ३ दशमलव ५ प्रतिशत १४ वर्ष मुनिका बालबालिका रहेका छन् । त्यस्तै क्षयरोग दोहोरिनेको संख्या २ दशमलव ३ प्रतिशत रहेको केसीको भनाइ छ ।।

प्रकाशित मिति : २०७७ चैत्र १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्