२०७८ माघ १३ गते बिहिवार

जनगणनाका आगि आवश्यक पर्ने सामग्री दाङ आईपुग्यो



१२ चैत,घोराही ।
दाङमा जनगणनाका आगि आवश्यक पर्ने सामग्री आईपुगेको छ । जिल्ला तथ्याङ्क कायालर्य दाङमा जनगणनाका लागि आवश्यक पर्ने कायालय सामग्री तालिम सामग्री, प्रश्नावली, सेनिटाइजर लगायत सामग्री आइपुगेका छन् । चैत १ गते जनगणनाका लागि कार्यालय स्थापना भएसंगै सामान पनि आउन थालेका हुन् ।

हाल प्रदेशमा सुपरिवेक्षक र गणकलाई तालिम दिनका लागि प्रशिक्षक तयार गरिदैछ । यस्तै चैत ९ गतेबाट सुरु भएको तालिक १५ गते सम्म संचालन हुनेछ । तालिममा जिल्लाबाट २९ जना सहभागी भएका छन् । जसमा शिक्षक तथा कर्मचारीहरु रहेको कार्यालय प्रमख तुलसीराम पोखेलले बताउनुभयो ।

दाङसहित देशभर १२ औं राष्ट्रिय जलगणनाको तयारी तीव्र पारिएको तथ्यांक कार्यालय दाङका प्रमुख पोखेलले जानकारी दिनुभयो । विभागले देशभर करिव ३९ हजार गणक नौ हजार सपरिवेक्षक करारमा नियक्त गरी परिचालन गर्न लागेको छ । दाङमा नौ सय छ जना जनगणनामा खटिने भएका छन ।।

प्रकाशित मिति : २०७७ चैत्र १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्