२०८० असोज १७ गते बुधवार

तुलसीपुरमा स्कूल बस दूर्घटना लगतै फरार चालक पक्राउ



 ११ चैत,घोराही ।
तुलसीपुर स्थित पब्लिक ज्ञानज्योति स्कूलको बसका चालक बुधबार पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नंम्वर ७ बन्नै निवासी २८ बर्षीय चालक सरोज बिकलाई आज सोही वडाको पर्सेनी क्षेत्रबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबहादुर सिंहले जानकारी दिनुभयो ।

गाउँमा कलेजका बिद्यार्थी लिन गएको बस तुलसीपुर १६ सरैया चोकमा रा १ क ४३३ नम्बरको बस दूर्घटनामा परेपछि चालक बिक फरार भएका थिए । पक्राउ परेका चालक बिकले प्रहरी समक्ष गाडी तिब्र गतिमा नभएको र चिप्लिएर दूर्घटनामा परेको बयान दिएको डिएसपी सिंहले बताउनुभयो । तर, घाइते विद्यार्थीले भने तीब्र गतिका कारण बस दूर्घटनामा परेको जानकारी दिएका छन् ।।

प्रकाशित मिति : २०७७ चैत्र ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस्