२०७८ माघ १३ गते बिहिवार

पत्रकार महासंघ कैलालीको कार्यालयमा तालाबन्दी



११ चैत,धनगढी ।

नेपाल पत्रकार महासंघ कैलालीको कार्यालयमा तालाबन्दी गरिएको छ। एकलौटी रूपमा सदस्यता सिफारिस गरेको भन्दै प्रेस मन्च नेपाल र जन पत्रकार संघले संयुक्त रूपमा तालाबन्दी गरेका हुन्।
विज्ञप्ति जारी गर्दै दुबै संगठनले नयाँ सदस्यमा एकलौटी रूपमा नाम सिफरिस गरेको र आफ्ना निवेदनमाथि कुनै सुनुवाइ नभएको भन्दै आपत्ति जनाइएको छ।

‘लामो समयदेखि क्रियाशील पत्रकारलाई सदस्यता नदिएको र सदस्यता सिफारिस गर्दा जुन एकलौटी रूपमा सिफारिस गरी हामीले दिएको निवेदनको कुनै पनि सुनुवाइ गरिएको छैन, यसकाविरूद्ध आज हामी तालाबन्दी गर्न बाध्य भएका छौं,’ विज्ञप्तिमा भनिएको छ।

प्रेस मञ्च नेपालका केन्द्रीय सदस्य हिमेश विक र जन पत्रकार महासंघका केन्द्रीय सदस्य धर्मसिंह विकले विज्ञप्तिमा हस्ताक्षर गरेका छन्। साथै, दुवै संगठनले आफूहरूले दिएको निवेदनको सुनुवाइ नगरे पत्रकार महासंघको तीनै तहको निर्वाचनमा सहभागी नहुने चेतावनी समेत दिएका छन्।

आफ्ना निवेदनमाथि सुनुवाइ नगरे महासंघका तीनै तहका चुनावमा सहभागी नहुने चेतावनी दिइएको छ। यतिबेला कैलालीमा पत्रकार महासंघको चुनावी सरगर्मी बढेको छ। चैत २५ गते केन्द्र, प्रदेश र जिल्लामा तोकिएको चुनावको प्रचारप्रसारमा उम्मेदवारले दौडधुप सुरू गरेका छन्।सेतोपाटीबाट

प्रकाशित मिति : २०७७ चैत्र ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस्