२०७८ माघ ३ गते सोमवार

घोराहीका क्यान्सर पिडित बुढालाई सहयोगको अपिल



१० चैत,घोराही । क्यान्सरको उपचार गर्दै गर्दा आर्थिक स्थिति नाजुक भएपछि क्यान्सरका विरामी ४६ वर्षिय नरबहादुर बुढाले सहयोगका लागि आग्रह गरेका छन् । दाङ जिल्ला घोराही उपमहानगरपालिका वडा नं १२ रमनाका बुढाको  २ महिना देखि वि पि कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा उपचार भैरहेको छ ।

आन्द्रामा क्यान्सर प्रमाणित भएपछि पटक-पटक अप्रेशन गर्दा पनि निको नभएकाले थप उपचारको लागि भारत लग्न चिकित्सकले सल्लाह दिएको उनका छोरा महेन्द्र बुढाले बताए। विरामी नरहादुरको उपचारमा हाल सम्म करिव १५ लाख रुपैंया खर्च भइसकेको छोरा महेन्द्रले जानकारी दिए ।

उपचारका लागि रकम अभाव भएपछि विरामी अहिले क्यान्सर अस्पतालको वेडमामा छटपटाई रहेका छन् । सहयोग गर्न चाहने दात्रि निकाय, व्यक्ति संघ संस्थाहरुले विरामीका छोरा महेन्द्रको सम्पर्क नंम्बर ९८४७६५३४४४ मा सम्पर्क गर्न सक्ने छन् । साथै  गोलोबल आई एम इ मा रहेको छोरा महेन्द्रको खाता नंम्बर ४१०७०१००१९८०३ मा रकम संकलन गरिदिन बुढाले आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०७७ चैत्र १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्