२०८० असोज १७ गते बुधवार

दाङमा आज दुईवटा बस दुर्घटना, एक जनाको मृत्यु



१० चैत, दाङ । दाङमा आज दुईवटा बस दुर्घटना हुदा  ४२ जना घाईते भएका छन् । तुलसीपुर स्थित पब्लिक ज्ञानज्योती माविको विद्यार्थी बोकेको रा १ क ४३३ नम्बरको बस तुलसीपुर १५ सरैयामा दुर्घटना हुदा तुलसीपुर १६ निबासी १९ बर्षिया सम्झना केसीको मृत्युभएको हो । दुर्घटनामा परि बसका सह चालक सहित २६ जना घाईते भएका छन् । घाईतेहरु मध्य १० जनाको कोहलपुर मेडिकल कलेजमा उपचार भैरहेको र अन्य घाईतेहरु तुलसपुरका विभिन्न अस्पतालमा उपचार पछि डिस्चार्ज भएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । गाउँमा पुगेर विद्यार्थी लिई विद्यालय फर्कदै गरेको बस तिब्र गतिमा रहेको र सरैया चोकमा दुर्घटनामा परेको विद्यार्थीहरुले बताएका छन् । चालक फरार रहेको र खोजी भैरहेको प्रहरीको भनाई छ ।

यसैविच आज तुलसीपुर क्षेत्रका निजी विद्यालयहरु बन्द भएका छन् । बस दुर्घटनामा परि एक छात्राको निधन भएको शोक र घाईतेहरुको स्वास्थ्य लाभको कामना गर्दै प्याबसन र एन प्याबसनमा आबद्ध सबै निजी विद्यालयहरु बन्द भएका हुन् ।

यता बंगलाचुली गाउँपालिकाको मुलाबारीबाट घोराही आउदै गरेको बस दुर्घटना हुदा १६ जना घाईते भएका छन् । रा १ ख २१५६ नम्बरको बस घोराही उपमहानगरपालिका ४ लक्ष्मीपुरमा दुर्घटना हुदा १६ जना यात्रु घाईते भएका हुन् । घाईते मध्य घोराही २ का ४४ बर्षिय मिना सुनारको अबस्था गम्भिर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । बस तिब्र गतिका कारण अनियन्त्रित भएर पल्टीएको प्रहरी निरिक्षक मुकुन्द रिजालले बताउनुभयो । घाइतेहरुको राप्ती स्वास्थ्य प्रतिष्ठानमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०७७ चैत्र १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्