१० चैत, काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक आज बस्दैछ । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्नेबारे अलमल गरिरहेको बेला स्थायी कमिटी बैठक बोलाइएको हो । माओवादी केन्द्रकी नेतृ पम्फा भुसालले पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ८ बजेका लागि अर्थात अब केहीबेरमा बैठक राखिएको खबर आएको जानकारी दिइन् । उनले बैठकमा पछिल्लो राजनीतिक अवस्थाका साथै सांगठनिक विषयमा छलफल हुने बताइन् ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई माओवादी केन्द्रले समर्थन कायम राखेकै कारण देखाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सत्ता समीकरणबारे तत्काल निर्णय लिन सकिरहेको छैन ।
त्यस्तै, अर्को विपक्षी दल जनता समाजवादी पार्टी ९जसपा० पनि अनिर्णीत छ । फागुन २३ को सर्वोच्चको फैसलाअनुसार नेकपाको पार्टी एकता बदर भएर पूर्ववत् अवस्थामा एमाले र माओवादी केन्द्र नै ब्युँतिएपछि माओवादी केन्द्र पार्टीको संगठनात्मक संरचना निर्माणदेखि पार्टीको पछिल्लो राजनीतिक धारणा बनाउन जुट्दै आएको छ ।
यसअघि फागुन १ र २ मा पार्टीको केन्द्रीय कमिटी बैठक बसेको थियो । उक्त बैठकले बैठकले पछिल्लो राजनीतिक घटनाक्रम र एजेण्डामा निर्णय लिने अधिकार स्थायी कमिटीलाई अधिकार दिएको थियो ।