२०७८ माघ ९ गते आइतवार

विप्लवले प्रधानमन्त्रीलाई सोधे–सहमति कार्यान्वयन भएको खै ?



९ चैत्र,घोराही ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेट भएको छ । प्रधानमन्त्री निवास बालुवाटार पुगेर विप्लवले प्रधानमन्त्रीसँग भेट गर्नुभएको हो ।

भेटमा विप्लवले आफूहरुबीच भएको सहमति कार्यान्वयन गर्न प्रधानमन्त्रीसँग माग गर्नुभएको छ ।विप्लवले प्रधानमन्त्री ओलीसमक्ष फागुन २० गते भएको तीन बुँदे सहमति अन्तर्गत आफ्ना नेता कार्यकर्ता रिहा गर्न र मुद्दा फिर्ता लिन आग्रह गरेका गर्नुभएको छ ।

भेटमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल भएको बुझिएको छ। सरकार र नेकपाबीच फागुन २० गते शान्तिपूर्ण राजनीतिमा आउने सहमति भएर २१ गते विप्लव सार्वजनिक हुनुभएको थियो ।

सहमति अनुसार सरकारले नेकपामाथिको प्रतिबन्ध हटाएको थियो । सहमतिमा नेता कार्यकर्ता रिहा गर्ने र मुद्दा फिर्ता गर्ने सहमति भएपनि सरकारले कार्यान्वयन नगरेको भन्दै नेकपाले असन्तुष्टि जनाउँदै आएको छ ।।

प्रकाशित मिति : २०७७ चैत्र ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस्