२०८० असोज ६ गते शनिवार

रोल्पा प्रहरी द्धारा अवैध रुपमा लगाएको अफिमका बोटहरू नष्ट



७ चैत,घोराही ।
रोल्पा प्रहरीले अवैध रुपमा लगाएको लागु औषधका रुपमा प्रयोग हुने अफिमका बोटहरू नष्ट गरेको छ । थवाङ गाउँपालिका १ मा झन्डै १ कठ्ठा जमिनमा लगाईएको अफिमका वोटहरू नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय थवाङबाट प्रहरी नायव निरीक्षक हरिबहादुर खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले मानव बस्ती भन्दा ५ किलोमिटर दुरीमा रहेको बाँझो जमिनमा लगाईएको अफिम नष्ट गरेको सुचना अधिकारी प्रहरी निरीक्षक सन्तोष केसीले जानकारी दिनु भएको छ ।

उक्त अफिम कसले लगाएको भन्ने वारेमा अनुसन्धान भईरहेको प्रहरीले बताएको छ।
यसअघी पनि रोल्पा प्रहरीले विभिन्न स्थानमा अवैध रुपमा लगाईएका लागुऔषध गाजाका वोटहरू नष्ट गरेको थियो ।।

प्रकाशित मिति : २०७७ चैत्र ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस्