६ चैत,घोराही । सल्यानमा आगलागि हुदा दई तीन घर जलेका छन । कपुरकोट गाउँपालिका वडा नं २ दानवाङमा आज विहान लागलागी हुँदा दुई घर पूर्ण रुपमा जलेर नष्ठ भएका छन् भने अर्को एक घरमा पनि एक तर्फ आगलागी भएको छ । स्थानीयहरु, नेपाल प्रहरी लगाएतले आगोलाई नियन्त्रणमा लिएर नजिकै रहेका अन्य घरमा क्षति हुनबाट जोगाएका छन् ।
शुक बहादुर बुढा र खर्क बहादुर घर्तीको फुसको छाना भएको घर जलेर पुर्ण रुपमा नष्ठ भएका हुन । घरमा भएका लत्ता कपडा, अन्नपात जलेर नष्ट भएको छ ।
त्यस्तै आगलागिबाट शुक बहादुरको घरमा रहेको नगद १५ हजार र खर्क बहादुरको घरमा रहेको नगद २ लाख ५० हजार र एक तोला सुन पनि नष्ठ भएको घरपरिवारले जनाएका छन् । त्यस्तै केशर घर्तिको जस्ता पाताले छाएको घरको पनि एक तर्फको भाग जलेको छ ।
प्रकाशित मिति : २०७७ चैत्र ६ गते शुक्रवार