२०८० असोज १७ गते बुधवार

हापुरे उद्योग बाणिज्य संघमा पद हस्तान्तरण



५ चैत्र,हापुरे ।

हापुरे उद्योग बाणिज्य संघमा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । गएको चैत्र २ गते नयाँ नेतृत्व चयन भएको हो । निर्बाचन समितिका संयोजक तथा बबई गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष डम्बरबहादुर सिरिस मगरको रोहबरमा पद हस्तान्तरण भएको हो ।

निर्बाचन समितिका संयोजक सिरिस मगरको सहभागीतामा पद हस्तान्तरण कार्यक्रम भएको हो । गएको चैत्र २ गते भएको भेलाले टीकाराम खत्रीको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको थियो । निजी क्षेत्रको सस्था हापुरे उद्योग बाणिज्य संघलाई सक्रिय बनाउने नयाँ कार्य समितिले जनाएको छ ।

निबर्तमान अध्यक्ष ज्ञानप्रसाद आइतबारे र सचिब तिलाराम भण्डारीले नबनिर्बाचित अध्यक्ष टीकाराम खत्री र सचिब मोहनराज बुढा क्षेत्रीलाई माइन्युट र निर्णय रजिष्टर हस्तान्तरण गरेर पद हस्तान्तरण गरिएको हो । कार्यक्रममा नबनिर्बाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २०७७ चैत्र ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्