२०८० असोज १७ गते बुधवार

उवासंघको स्थापना दिवसको अवसरमा बक्तृत्व कला प्रतियोगीता



४ चैत,घोराही ।
दाङ जिल्ला उद्योग वाणिज्य संघको ५१ औ स्थापना दिवसको अवसरमा बक्तृत्व कला प्रतियोगीता सम्पन्न भएको छ । दाङको आर्थिक विकासमा निजी क्षेत्रको भुमिका विषयमा बक्तृत्वकला प्रतियोगीता भएको हो । प्रतियोगीतामा नविन श्रेष्ठ प्रथम खेमराज भण्डारी द्धितीय हुनुभएको हो ।

प्रतियोगीताको निर्णायकमा माया पोख्रेल, निशान्त आचार्य र डा.लोकराज पराजुली रहनु भएको थियो। कार्यक्रम दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिह वुढाथोकीको अध्यक्षता तथा संघका निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसालको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा बक्तृत्व कला प्रतियोगीता उप समितीका संयोजक एकनारायण पौडेलको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको सहजिकरण संघका वाणिज्य उपाध्यक्ष रामप्रसाद पोख्रेलले गर्नुभएको थियो । सघंले आफनो स्थापना दिवसको अवसरमा विभिन्न मैत्रिपुर्ण प्रतियोगीता गदै आएको छ ।।

प्रकाशित मिति : २०७७ चैत्र ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस्