४ चैत,घोराही।
कोरोनाका कारण विश्वका विभिन्न देशका नागरिकले ज्यान गुमाइरहेको छन् भने निको हुनेको संख्या पनि बढ्दै गइरहेको छ ।
वर्ल्डोमिटर्सको तथ्यांक अनुसार विश्वभर कोरोना संक्रमितको संख्या १२ करोड १३ लाख ८९ हजार १ सय ९२ पुगेको छ भने कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २६ लाख ८४ हजार ४ सय १० पुगेको छ ।
त्यस्तै हालसम्म विश्वमा ९ करोड ७८ लाख ७४ हजार ७ सय ९० कोरोना संक्रमित उपचारपछि निको भइसकेका छन् ।
त्यस्तै अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट ५ लाख ४९ हजार ३ सय ६७ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ३ करोड १ लाख ९२ हजार २ सय २४ पुगेको छ । त्यसैगरी निको हुनेको संख्या २ करोड २३ लाख ४० हजार ३ सय ८९ पुगेको छ ।
ब्रजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या २ लाख ८२ हजार ४ सय पुगेको छ भने संक्रमितको संख्या १ करोड १६ लाख ९ हजार ६ सय १ पुगेको छ ।
त्यस्तै भारतमा कोरोनाको संक्रमणकाबाट ज्यान गुमाउनेको संख्या १ लाख ५९ हजार ८९ पुुगेको छ भने संक्रमितको संख्या १ कारोड १४ लाख ३८ हजार ७ सय ३४ पुुगेको छ ।