२०७८ बैशाख ९ गते बिहिवार

पत्रकार महासङ्‍घको निर्वाचन चैत २५ मा हुने



४ चैत,घोराही । नेपाल पत्रकार महासङ्‍घको निर्वाचन यही चैत २५ गते हुने भएको छ। महासङ्‍घका उपलब्ध सदस्य सम्मिलित केन्द्रीय समितिको आजको बैठकले जिल्ला, प्रदेश, केन्द्र, प्रतिष्ठान र एसोसिएट संरचनाको निर्वाचन तीन हप्तापछि एकै दिन गर्ने निर्णय गरेको सचिव प्रकाश थापाले जानकारी दिए।

महासङ्‍घको संशोधित विधानानुसार केन्द्रीय साधारणसभा गत फागुन ४ र ५ गते सम्पन्‍न भइसकेको छ। चैत ७ गते सबै तहको निर्वाचन कार्यतालिका प्रकाशन हुने महासङ्‍घले जानकारी दिएको छ।

प्रकाशित मिति : २०७७ चैत्र ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस्