४ चैत्र,घोराही।
घोराही उपमहानगरपालिका वडा नम्बर १४ ले चालु आर्थिक बर्षको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई गरेको छ । वडा कार्यालयको आयोजना तथा ग्रामिण महिला उत्थान केन्द्रको सहजिकरणमा दोस्रो चौमासिकको सार्वजनिक सुनुवाई गरेको हो ।
यस आर्थिक बर्षका लागि तय भएका कार्यक्रम तथा बजेटको प्रगति र वडाबासीहरुको गुनासा एवं सुझाबका बिषयमा समिक्षा गरिएको छ । वडा, नगर र संघका ८७ वटा कार्यक्रमहरु सञ्चालनमा रहेको र ति मध्य २४ वटा योजनाहरु सम्पन्न भएको जानकारी दिईएको छ ।
त्यस्तै सञ्चालन भैरहेका ५८ वटा र २४ वटा योजनाको सम्झौता हुन बाँकी रहेको छ । वडा अध्यक्ष शक्तिराम डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले वडाबासीकै आबस्यकता र मागका आधारमा योजनाहरु छनोट भई कार्यान्वयनमा रहेको बताउनुभयो ।
जनताकै मागका आधारमा तय भएका कार्यक्रमहरु सरकारको नभई जनताकै भएको भन्दै उहाँले अपनत्व ग्रहण गर्न आग्रह समेत गर्नुभयो । कार्यक्रममा उपप्रमुख सीता सिग्देल न्यौपानेले टोल विकास संस्थाहरु नै विकासको आधार भएको बताउनुभयो ।
सरकारले तय गर्ने कार्यक्रम र बजेटलाई आफ्नो सम्पत्ती ठानेर उपभोक्ताहरुले ग्रहण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा वडाबासीहरुले सार्वजनिक सौचालय, टिकाउ सडक, खानेपानी, ढल निकास र बजार व्यवस्थापनलाई बिषेध ध्यान दिन आग्रह गरेका छन् ।
वडा अध्यक्ष शक्तिराम डाँगीले वडालाई नमूनाको रुपमा विकास गर्ने सोचमा टोलबासीको सदैब साथ सहयोग हुदै आएको बताउनुभयो । वडा कार्यालयले चालु आर्थिक बर्षको ८ महिनामा ९४ लाख ९८ हजार ९ सय ७३ रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ ।।