२०७८ बैशाख ५ गते आइतवार

एमाले (खनाल–नेपाल पक्ष)को कार्यकर्ता भेला शुरू, झलनाथले गरे अध्यक्षता



४ चैत,घोराही । नेकपा एमाले (खनाल–नेपाल पक्ष) को राष्ट्रिय कार्यकर्ता भेला राजधानीमा शुरू भएको छ ।

ललितपुरको एक होटलमा शुरू भएको भेलाको अध्यक्षता वरिष्ठ नेता झलनाथ खनालले गरेका छन् ।

खनाल–नेपाल पक्षको कार्यकर्ता भेलामा पुराना वामपन्थी नेताहरू सिद्धिलाल सिंह, मोहनचन्द्र अधिकारी, कमल कोइराला लगायत पनि सहभागी भएका छन् ।

भेलामा देशभरबाट २ हजार कार्यकर्ता सहभागी रहेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिएका छन् ।

भेलाअघि नेपाल पक्षको स्थायी कमिटीको बैठक बसेको थियो । स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले कार्यक्रम सञ्चालन गरेका छन् ।

प्रकाशित मिति : २०७७ चैत्र ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस्