२०७८ बैशाख ५ गते आइतवार

भारतमा बढ्दै कोरोना संक्रमितको संख्या, थप २८ हजारभन्दा बढीमा संक्रमण पुष्टि



४ चैत,घोराही । भारतमा कोरोना संक्रमितको संख्या पछिल्लो केहीदिनयता बढ्दै गएको छ। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि हुनेको संख्या २८ हजार ९०३ रहेको छ। यससँगै भारतमा कूल संक्रमितको संख्या १ करोड १४ लाख ३८ हजार ७३४ पुगेको छ।

केही समययता संक्रमितको संख्या बढेसँगै भारतभर कोरोनाको सक्रिय संक्रमितको संख्या २ लाख ३४ हजार ४०६ पुगेको छ।

यस्तै, संक्रमणका कारण थप १८८ जनाको मृत्यु भएको छ। भारतमा कोरोना भाइरसको संक्रमणका कारण १ लाख ५९ हजार ४४ जनाको मृत्यु भइसकेको छ।

भारतमा कोरोनाविरुद्धको खोप अभियान तिव्र गतिमा संचालन भइरहेको छ। सँगै संक्रमणको गति पनि बढ्दै भइरहेको छ। जसकारण केही स्थानमा फेरि लकडाउन र प्रतिबन्धहरु लगाउन सुरु गरिएको छ।

प्रकाशित मिति : २०७७ चैत्र ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस्