२०७८ बैशाख ९ गते बिहिवार

सुनको मुल्य तोलामा रु ३ सयले बढ्यो



४ चैत , दाङ । आज नेपाली बजारमा सुनको मुल्यमा सामान्य वृद्धि आएको छ । सुनको मुल्य तोलामा रु ३ सयले बढेको हो । हिजो मंगलबार तोलामा रु ८६ हजार ६ सयमा कारोबार भएको छापावाला सुनको मुल्य आज बुधबार तोलाको रु ३ सयले बढेर ८६ हजार ९ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजावी सुनको मुल्य तोलामा रु ८६ हजार ४ सय ५० कायम रहेको महासंघले जनाएको हो । यता चाँदी भने तोलामा रु १२७० मा कारोबार भईरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०७७ चैत्र ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस्