२०७८ बैशाख ९ गते बिहिवार

पानीमा डुबेर तुलसीपुरकी एक किशोरीको मृत्यु



दाङ, ३ चैत्र । दाङमा पानीमा डुबेर एक किशोरीको मृत्युभएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ वनहरीका १७ बर्षिया सृजना बोहरा रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

घर नजिकैको नुहाउन गएकी बोहरा चिप्लीएर घट्टे कुलोमा खस्दा डुबेर मृत्युभएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

पानीमा डुबेको अबस्थामा स्थानियले उद्धार गरि अस्पताल पु¥याएको र उपचारको क्रममा प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्युभएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ चैत्र ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्