२०७८ माघ ९ गते आइतवार

सल्यानमा किशोरीको हत्या गर्ने अपराधि पत्ता लाग्यो



३ चैत्र ,घोराही ।

सल्यानमा एक वर्ष गत वर्षको फागुन २ गते राती हत्या गरिएकी सल्यानको त्रिवेणी गाउँपालिका १ तल्लो काभ्रा निवासी १६ वर्षीया कविता बोहराको हत्यारालाई प्रहरीले पत्ता लगाएको छ । प्रहरीको एक वर्षको अनुसन्धान पछी सोहि गाउँका १६ वर्षिय कृष्ण थापाले कविताको हत्या गरेको खुलेको हो । कवितालाई थापाले एकतर्फी प्रेम गरेको र प्रेम स्वीकार नगरेपछी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रहरीले मंगलबार पत्रकार सम्मेलन मार्फत घटनाको बारेमा जानकारी गराएको हो । आरोपीत १८ वर्ष मुनिको भएकोले जिल्ला अदालत सल्यानको अनुमतीमा बाल सुधार केन्द्र नेपालगंज राखिएको सल्यान प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले बताए ।

 

प्रकाशित मिति : २०७७ चैत्र ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्