२०७८ बैशाख २ गते बिहिवार

व्यवसाय दर्ता, राजस्व सङकलन तथा सचेतना सम्वन्धमा सरोकारवाला संग छलफल



३ चैत्र,घोराही । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा व्यवसाय दर्ता, राजस्व सङकलन तथा सचेतना सम्वन्धमा सरोकारवाला संग छलफल गरिएको छ । कार्यक्रममा बोल्दै वडा नं १४ का वडा अध्यक्ष शक्तिराम डाँगीले आर्थिक क्षेत्रको मेरुदण्डको रुपमा व्यवसायीहरु रहेको बताए । सबै व्यवासायीहरुलाई दर्ता गरेर सञ्चालन गर्नु पर्ने बताए । सबैलाइ करको दायरामा ल्याउन सकेमा उप महानगरपालिकाले लिएको लक्ष्य पुरा हुने बताए । जसले गर्दा स्थानिय विकासमा समेत सहयोग पुग्ने वडा अध्यक्ष डाँगीले बताए । यसका लागि स्थानिय सरकारले आफनो तर्फ वाट सहयोग रहने उनको भनाइ रहेको छ ।

घरेलु तथा साना उद्योग कार्यालय दाङका निमित प्रमुख उमबहादुर वली ५ लाख सम्मको लगानीमा स्थापना हुने उद्योग तथा व्यवसायीहरु स्थानिय तहमा दर्ता गर्ने सकिने उनले बताए । यसले व्यवसायी तथा उद्योगीहरुलाइ सहजता हुने उनको भनाइ रहेको छ ।

दाङ जिल्ला उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष हेमराज वञ्जाडेले व्यवासायीहरुलाई सचेतना दिएर क्षमताको विकास गदै अगाडि वढनु पर्ने बताए । यसका लागि स्थानिय सरकार तथा उद्योग वाणिज्य संघ विच सहकार्य गरेर अगाडि वढनु पर्ने उनको भनाइ रहेको छ ।।

दाङ जिल्ला उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसालले व्यवसाय दर्ता प्रक्रिया सहज वनाउनु पर्ने बताए । उद्योग स्थापना गरि उत्पादन बृद्धिमा लाग्नु पर्ने बताए । यसकालागि राज्यले वातावरण सृजना गर्नु पर्ने बताए ।

घोराही उप महानगरपालिका राजस्व व्यवस्थापन शाखाका प्रमुख कृष्ण के सीले घोराही उप महानगरपालिका ऐनले गरेको व्यवस्था अनुसार अगाडि वढने बताए ।

घोराही उप महनगरपालिका वडा नं १६ का वडा सचिव प्रेम केसीले वजार व्यवस्थापन गर्ने उद्योग वाणिज्य संघ र उप महानगरपालिका सहकार्य गरेर अगाडि वढनु पर्ने बताए ।

वडा नं ५ का  वडा सचिव  लक्ष्मण अधिकारीले स्थानिय स्तर सम्म उत्प्रेरणा जगाउने कार्यक्रम सञ्चालन गर्न आवस्यक रहेको बताए । यसका लागि उद्योग वाणिज्य संघ र उप महानगरपालिका विच सहकार्य गरेर अगाडि वढनु पर्ने बताए । वडा नं १४ का वडा सचिव इश्वर पाण्डेले आफुहरु नागरिकलाई सहज सेवा प्रदान गर्न लागि परेको बताए । कार्यक्रम दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिह वुढाथोकीको अध्यक्षतामा भएको थियो । संघका उद्योग उपाध्यक्ष अनिल आचार्यको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको सहजिकरण महासचिव महेन्द्र वुढाथोकीले गरेका थिए ।

प्रकाशित मिति : २०७७ चैत्र ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्