२०८० असोज ६ गते शनिवार

घोराही उपमहानगरपालिका न्यायिक समितिद्धारा ५ सय ९० विवादको मिलापत्र



चैत ३, दाङ । घोराही उपमहानगरपालिका न्यायिक समितिमा अहीले सम्म ७ सय ७३ विभीन्न प्रकृतीका विवादहरु दर्ता भएको न्यायिक समितिका संयोजक उपप्रमुख सिता सिग्देल न्यौपानेले जानकारी दिनुभएको छ। न्यायिक समितिले आज आफनो चौमासीक कार्यसम्पादन बारे जानकारी दिन आयोजीत पत्रकार सम्मेलनमा उपप्रमुख न्यौपानेले यस्तो जानकारी दिनुभएको हो। न्यायिक समितिमा आएका कुल ७ सय ३४ विवाद मध्ये हाल सम्म ५ सय ९० विवादको मिलापत्र गरि कीनारा लगाएको पनि पत्रकार सम्मेलनमा न्यौपानेले वताउनु भएको छ। हाल १ स ४४ विवाद प्रक्रीयामा रहेको पनि संयोजक सिग्देल न्यौपानेले जानकारी दिनुभएको छ। ती मध्य ८२ वटा जग्गा रोक्काका विवाद हरु रहेका छन । यसैगरि गतवर्षका जिम्मेवारी सरी आएका ७३ विवाद र यस आर्थीक वर्षको चौमासीक सम्म दर्ता भएका १सय १८ विवाद गरि कुल २ सय १६ विवाद मध्य ७२ विवाद मीलापत्र गरि कीनारा लगाइएको छ भने वाकी १स ४४ विवाद प्रक्रीयामा रहेका छन। पत्रकार सम्मेलनमा वोल्दै न्यायीक समीती संयोजक सिता सिग्देल न्यौपानेले न्यायीक समीत्ीले विवादलाइ दुवै पक्षको जित जित महसुु हुने गरि विवादको कीनारा लगाउने कारणले अहीले नागरिकको न्यायिक समिति प्रतिको विश्वास वढदै गएको वताउनु भएको छ।

कतीपय व्यक्तीहरुले विवाद दर्ता गराउने तर त्यसको प्रक्रीयामा नआउने गर्दा पनि केही विवादहरुको कीनारा लाग्न नसकेको तर यसले विवादको संख्या मात्र वढाउने समस्या पनि केही देखीएको वताउनु भयो। कार्यक्रमका प्रमुख अतीथी घोराही उपमहनगरपालीकाका प्रमुख नरुलाल चौधरीले छिटो न्याय पाउने नागरीकको अपेक्षालाइ न्यायीक समीतीले पुरा गरेको वताउनु भयो। न्याय दिने कुरामा ढिलासुस्ती नहोस भन्ने तर्फ समीती संवेदनशील र सजक रहेको वताउनु भयो। न्यायीक समीतीले गरेको निर्णयप्रती नागरिकले असहमती जनाउने घटनाहरु नरहेकोले पनि न्यायीक समीतीले राम्रो न्याय सम्पादन गरेको देखीएको वताउनु भयो। कार्यक्रमको सहजीकरण प्रतला देवकोटाले गर्नुभएको थियो।

प्रकाशित मिति : २०७७ चैत्र ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्