२०७८ बैशाख ५ गते आइतवार

प्रधानमन्त्रीले आयोजना गरेको चियापान एमालेको नेपाल समूहले बहिष्कार गर्ने



३ चैत,काठमाडौं । नेकपा एमालेको माधव कुमार नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले आज बालुवाटारमा आयोजना गरेको चियापान कार्यक्रम बहिष्कार गर्ने भएको छ ।

पार्टीभित्र तिक्तता बढीरहेका बेला प्रधानमन्त्री ओलीले आज बिहान ११ बजे चियापान आयोजना गरेका छन् । तर यो चियापान कार्यक्रममा नजाने नेपाल समूहले जनाएको छ । पार्टी विवाद नमिली बालुवाटार जानुको औचित्य नभएको सो समूहको सोमबार बानेश्वरमा बसेको बैठकले निचोड निकाले नेता भीम रावलले जनाए ।

चियापानमा प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाललाई बोलाएका छन् ।

ओली समूहले सबै केन्द्रीय नेताहरुलाई चियापानमा सहभागिका लागि निम्तोसहितको सन्देश पठाएको जनाइएको छ।

पार्टी विवाद चुलिएका बेला सोमबार पार्टी कार्यालय धुम्बारहीमा दुबै समूहबीच वार्ता भएको थियो । तर दुबै समूहको अडानले वार्ता निष्कर्षविहिन भएको थियो ।

प्रकाशित मिति : २०७७ चैत्र ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्