२०७८ माघ १३ गते बिहिवार

बाँकेमा अनलाइन पत्रकार संघ गठन



२ चैत्र, बाँके ।

बाँकेमा अनलाइन पत्रकार संघ गठन गरिएको छ । अनलाइन मिडियालाई व्यवस्थित गर्नुका साथै अनलाइन मिडियाको समग्र विकासका लागि नेपालगन्जमा एक कार्यक्रमका बीच अनलाइन पत्रकार संघ गठन गरिएको हो । सेतोखरी मिडिया प्रालीका प्रकाशक तथा प्रधानसम्पादक कमल न्यौपानेको संयोजकत्वमा नौ सदस्यीय तदर्थ समिति समेत गठन गरेको छ ।

भेलाले अनलाइन खोजखबरका प्रकाशक जावेद अन्सारीलाई सहसंयोजकको जिम्मेवारी दिएको छ । यस्तै रामु ओलीलाई सचिव, संगीता पाठक ९सन्ध्या० लाई सहसचिव र ‘असलाम खाँलाई कोषाध्यक्षमा चयन गरेको छ । कार्य समिति सदस्यमा सुनिता पन्त, प्रेरणा गिरी, भीष्म लोध, दिक्षा विसीलाई चयन गरेको छ ।

गठित तदर्थ समितिको पहिलो बैठक पनि सोमबार नै बसेको छ । उक्त बैठकले हरेक महिनाको १५ ते मासिक नियमित बैठक बस्ने, संघ आधिकारीक दर्ताका लागि आबश्यक प्रक्रिया अघि बढाउने, नविकरण र दर्ता नभएका अनलाइन दर्ताको प्रक्रिया अघि बढाउन प्रयास गर्ने निर्णय गरेको छ ।

बैठकले संघको सल्लाहकार समितिमा रूद्र सुवेदी, प्रेम केसी, शंकर खनाल, विश्वरराज चौधरी, डक्ट धिताललाई मनोनित गर्नका लागि बहस अघि बढाउन निर्णय गरेको छ । आगामी बैठकले सल्लाहकार समितिका पदाधिकारीको मनोनय गर्ने छ । संघले स्थानीय तह लगायत सम्बन्धीत निकाय सँगको समन्वयमा अनलाइन पत्रकारिताको विकास र पत्रकारको क्षमता अभिवृद्धिका साथै पत्रकारको हकहित र अधिकारका बिषयमा विविध कार्यक्रम तथा गतिविधी सन्चालन गर्ने भएको छ ।

प्रकाशित मिति : २०७७ चैत्र २ गते सोमवार
प्रतिक्रिया दिनुहोस्