२०७८ बैशाख २ गते बिहिवार

तुलसीपुरमा मोटरसाइकल एक आपसमा ठोकिदा एक गम्भीर घाइते



२ चैत,घोराही।
तुलसीपुरमा दुई वटा मोटरसाइकल एक आपसमा ठोकिदा एक जना गम्भीर घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका ४ जलकुण्डीमा मोटरसाइकल एक आपसमा ठोकिदा एक जना गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

तुलसीपुरदेखि कपुरकोट तर्फ जादै गरेको रा ४ प २८९३ को मोटरसाइकल र विपरीत दिशाबाट आउदै गरेको नम्बर नखुलेको मोटरसाइकल एक आपसमा ठोकिदा तुलसीपुर उपमहानगरपालिका ७ शिवनगर टोल निवासी ५२ वर्षिय श्याम केसी गम्भिर घाईते हुनुभएको हो ।

घाइते केसीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको अस्पतालले जनाएको छ । ठक्कर दिने मोटरसाइकल फरार रहेको प्रहरीले बताएको छ ।।

 

प्रकाशित मिति : २०७७ चैत्र २ गते सोमवार
प्रतिक्रिया दिनुहोस्