२०७८ बैशाख ९ गते बिहिवार

विवाह गर्छु भन्दै १७ वर्षीया किशोरीलाई लजमा लगि पटक-पटक बलात्कार



 चैत्र ।  पर्सामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्ने एक जना पक्राउ परेका छन् ।

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बारा जितपुर सिमरा उपमहानगरपालिका(१० बेहरा टोल बस्ने ३० वर्षीय रमेश हजरा पासवानलाई गत शुक्रवार प्रहरीले पक्राउ गरेको हो ।

ती किशोरीलाई विवाह गर्छु भनी विश्वास दिलाई वीरगंजस्थित एक लजमा लगि पटक(पटक जबरजस्ती करणी गरी गर्भ बोकाएको भनी फागुन २१ गते प्राप्त जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनी उपर जिल्ला अदालत पर्साबाट ७ दिन म्याद भई अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित मिति : २०७७ चैत्र २ गते सोमवार
प्रतिक्रिया दिनुहोस्