२०८० असोज १७ गते बुधवार

दाङमा जरायोको सिंग सहित एक महिला पक्राउ



१ चैत,घोराही ।
दाङ प्रहरीले प्रतिबन्धीत बन्यजन्तु जरायोको ओखेटोपहार सहित एक महिलालाई पक्राउ गरेको छ । घोराही –४ पृथ्बीनगरटोल घर भएकी २८ वर्षिया सीता चौधरीलाई आज बिहान ८ बजेको समयमा पक्राउ गरेको हो ।

उनको घरको कोठामा अबैध रुपमा जरायोका ओखेटोपहार राखेको गोप्य सुचनाको आधारमा प्रहरीले खोजतलास गर्दा २ फिट ४ ईन्च लम्बाई ३ हाँगा भएको सिंग १ थान, २ फिट ६ ईन्च लम्बाई ३ हाँगा भएको १ थान फेला परेको हो ।

त्यसैगरि ३२ दशमलब ५६ सेन्टिमिटर लम्बाई ३ हाँगा भएको १ थान, ३४ सेन्टिमिटर भएको २ सिंगमा ४ हाँगा भएको १ थान,४ दशमलब ५ ईन्च लम्बाई २ वटा सिंग एकैमा भएको १ थान फेला पारेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
बरामद गरिएको ओखेटोपहार सहित चौधरीलाई पक्राउ गरि थप अनुसन्धानका लागि जिल्ला वन कार्यालय दाङमा पठाएकोे प्रहरी निरिक्षक मोहनजंग बुढथापाले जानकारी दिनुुभयो ।

प्रकाशित मिति : २०७७ चैत्र १ गते आइतवार
प्रतिक्रिया दिनुहोस्