२०८० असोज १७ गते बुधवार

घोराहीमा ८ हजार भन्दा बढिले लगाए कोरोना बिरुद्धको खोप



१ चैत्र, दाङ । घोराही उपमहानगरपालिकाले ८ हजार ४ सय बढीलाई कोरोना भाइरस बिरुद्धको खोप लगाएको छ । गएको माघ १० गते देखी सुरुभएको अभियानमा फागुन २९ गते सम्म ८ हजार ४ सय ४७ जनालाई कोरोना बिरुद्धको खोप दिईएको उपमहानगरपालिकाका जनस्वास्थ्य प्रर्बद्धन शाखाले जनाएको छ ।

तीन चरणमा गरि सञ्चालन गरिएको अभियानमा झण्डै ६ हजार जेष्ठ नागरिकहरुले खोप लगाएको स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले जानकारी दिए । फागुन २३ गते देखी सुरु भएको तेस्रो चरणको अभियानमा ६५ बर्ष माथीका ५ हजार ८ सय १८ जना जेष्ठ नागरिकहरुले खोप लगाएका हुन् । वडाका स्वास्थ्य तथा खोप केन्द्रहरुबाट जेष्ठ नागरिकहरुले खोप लगाउन पाए पछि खुशी भएका छन् । नगर भित्र पहिलो चरणमा एक हजार २ सय ६५ र दोस्रो चरणमा एक हजार २ सय ३२ जनाले खोप लगाएका थिए ।

पहिलो र दोस्रो चरणमा छुटेका एक सय ३२ जनाले तेस्रो चरणमा खोप लगाएका छन् । जस्मा स्वास्थ्यकर्मी, जनप्रतिनिधी, कर्मचारी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, पत्रकार, बैंकका कर्मचारी, कैदिबन्दीले खोप लगाएका हुन् । घोराही उपमहानगरपालिमा अहिले सम्म १३ सय ५३ जनामा कोरोना संक्रमण भएको र ति मध्य १८ जनाको मृत्यु भएको छ । नगर क्षेत्र भित्र ३ हजार ८ सय १३ जनाको पिसिआर परिक्षण भएको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तुल्सिपुर अनलाइनबाट साभार

प्रकाशित मिति : २०७७ चैत्र १ गते आइतवार
प्रतिक्रिया दिनुहोस्