२०७८ साउन १८ गते सोमवार

प्रधानमन्त्री ओली एमाले सिध्याउनतर्फ लागेको नेता खनालको आरोप



१ चैत,काठमाडौं । नेकपा एमालेका वरिष्ट नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई सिध्याउनेतर्फ उन्मुख गराएको आरोप लगाउनु भएको छ । नेता खनालल भने प्रधानमन्त्री केपी ओलीले एकता बचाउन नसकेर पार्टी सिध्याउनेतर्फ लागेको बताए । एमालेलाई धेरै संघर्षका साथ बनाइएको बताउँदै अहिले नै पार्टी फुट्यो भन्न नमिल्ने समेत नेता खनाल उल्लेख गरे ।

जसरी पार्टीलाई एकतापूर्ण तवरले बचाउनुपथ्र्यो त्यो अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले न वैचारिक, न राजनीतिक, न शैद्धान्तिक तरिकाले बचाउन सक्नुभयो न पार्टी एकिकरण नै, उहाँले पद र शक्तिमा पुगेपछि पार्टीलाई बिर्सनुभयो ।

खनालले आफूलाई दशौं महाधिवेशनले मात्र पदबाट हटाउन सक्ने तर्क गरे । उनले वैधानिकरुपमा बैठक नबोलाएर गुटगत बैठकबाट आफुअनुकुलका निर्णय ओलीले गरेकाले पार्टी विसर्जनतिर गएको आरोप लगाए । माओवादी केन्द्रसँग विगतमा एकिकरण गर्दापनि अध्यक्ष ओलीले आफुहरुसँग छलफल नै नगरेको समेत आरोप लगाए ।

 

प्रकाशित मिति : २०७७ चैत्र १ गते आइतवार
प्रतिक्रिया दिनुहोस्