२०७८ बैशाख ७ गते मङ्गलवार

नगरस्तरिय १३ औँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता हुदै



२९ फागुन,घोराही ।
घोराही उपमहानगरस्तरिय १३ औँ राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता भोलीदेखी सुरु हुदै छ । उपमहानगरको आयोजना तथा घोराही ४ मा रहेको डाडागाउँ माध्यामिक विद्यालय गोग्लीको व्यवस्थापन र घोराही सिमेन्ट ईन्ड्रष्ट्रिजको प्रायोजनमा प्रतियोगिता गर्न लागिएको हो ।

राष्ट्रपति रनिङशिल्ड खेल अन्र्तगरगत भलीवल, कवडी, एथलेटिक्स् लगाएतका खेलहरु सञ्चालन गरिने डाडागाउँ माविका शिक्षक डोमाकान्त अधिकारीले जानकारी दिनुभएको छ ।

प्रतियोगितामा उपमहानगरभित्रका माध्यामिक तथा आधारभुत तहका विद्यालयका विद्यार्थिहरुलाई सहभागी गराईने शिक्षक अधिकारीले जानकारी दिनुभयो । डाडागाउँ मावि गोग्लीमा भोली देखी सुरु हुने प्रतियोगिताको समापन चैत्र ४ गते गरिने उहाँले जानकारी दिनुभएको छ ।।

प्रकाशित मिति : २०७७ फाल्गुन २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस्