२९ फागुन,दाङ । बाँकेबाट दाङ आउँदै गरेको बस दुर्घटनमा परेको छ । बाँकेकै राप्ती सोनारी गाउँपालिका-३ बैसामा बस दुर्घटना हुँदा ३७ जना घाइते भएका छन् भने एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
राप्ती सोनारीबाटै दाङको देउखुरी दुलही पुर्याउन हिँडेको ना३ख ९७५९ नम्बरको बस शुक्रबार राति दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते हुने सबै राप्ती सोनारीकै रहेको र उनीहरुको कोहोलपुर मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७७ फाल्गुन २९ गते शनिवार