२०७८ असार ९ गते बुधवार

माधव नेपालको विदेश विभाग प्रमुखको जिम्मेवारी खोसियो



२८ फागुन,काठमाडौं । नेकपा एमालेले महासचिव बाहेकका सबै पदाधिकारी हटाउने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकमा महासचिव बाहेक सबै पदाधिकारी हटाउने निर्णय गरेका हुन् । बैठकले माधव नेपाल विदेश विभाग प्रमुख रहेको स्थानमा राजन भट्टराईलाई नियुक्त गरेको छ । उनी प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार पनि हुन् ।
प्रचण्ड समूहको निकट रहेर आफुलाई दबाब दिदै आइरहेको माधव नेपाल समूह प्रति ओलीले कठोर कदम चालेका हुन् ।

ओली पक्षले सात वटै प्रदेशका इन्चार्जको जिम्मेवारी हेरफेर गर्ने क्रममा बागमती र सुदूरपश्चिम प्रदेशको नेतृत्व पूर्वमाओवादी नेतालाई दिएको हो ।प्रदेश १ मा सुवासचन्द्र नेम्वाङ, प्रदेश २ मा सत्यनाराण मण्डल, गण्डकीमा पृथ्वीसब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल र कर्णालीमा यमलाल कडेँल एमाले इन्चार्ज बनेका छन् । बैठकले मंसिर २ गतेदेखि ६ गतेसम्म एमालेको महाधिवेशन गर्ने निर्णयसमेत गरेको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्