२०७८ साउन १९ गते मङ्गलवार

तुलसीपुरमा झुण्डिएको अवस्थामा बालिकाको शब फेला



२८ फागुन,घोराही । दाङमा एक बालिका रुखमा झुण्डिएको अवस्थामा फेला परेकी छन । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ गाईखुटी निवासी मञ्जील विकको छोरी ११ वर्षीया सीता विकको रहेको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक शिव बहादुर सिंहले जानकारी दिनुुभयो ।

बिहीबार राति ९ बजेतिर घर नजिकको रुखमा शव झुण्डिएको अवस्थामा फेला पारेपछि परिवारले प्रहरीमा खबर गरेका थिए । शव पोष्टमार्टमका लागि राप्ती प्रादेशकि अस्पताल तुलसीपुरमा राखिएको छ । साथै मृतकको आमा अचेतजस्तै रहेको हुँदा सोधपुछ गर्न बाँकी नै रहेको प्रहरीले बताएको छ ।

मृतक बालिकाको बुवा रोजगारीको सिलसिलामा छिमेकी देश भारतमा रहेको बुझिएको छ । मृतक बालिकाको भाइ र १४ वर्षीया दिदी पनि रहेको प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्