२०७८ साउन १६ गते शनिवार

दाङमा छात्राहरुमाथि हातपात गरेको आरोपमा शिक्षक पक्राउ



२७ फागुन,घोराही । दाङको तुलसीपुरमा छात्राहरुलाई हातपात गरेको आरोपमा एक शिक्षकलाई पक्राउ परेका छन । तुलसीपुर उपमहानगरपालिका वडा नं ११ स्थित अमर माविमा अध्ययनरत छात्राहरुलाई हातपात गरेको आरोपमा एक शिक्षकलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा प्राबि तहका शिक्षक पदम ओली रहेका छन् ।

उनलाई कक्षा ६ मा अध्ययनरत दुई जना छात्राहरुको सम्वेदनशील अंग छोएको आरोप लागेको छ । आईतबार ति छात्राहरुले टाउको दुखेको भनि ति शिक्षकलाई जानकारी गराएपछि उनले जाँचको नाममा सम्वेदनशील अंग छोएको आरोप लगाएका छन् ।

उनलाई पक्राउ गरि ईलाका प्रहरी कार्यालय तुलसीपुर लगिएको छ । यस अघि पनि ति शिक्षकले विद्यार्थीहरुमाथि हातपात गर्ने गरेको भनि विद्यार्थीहरुले आरोप लगाएका छन् ।

प्रकाशित मिति : २०७७ फाल्गुन २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्