२०७८ असार १० गते बिहिवार

माइक्रो वस दुर्घटना हुँदा २ जनाको मृत्यु, दाङका एक जनासहित १६ जना घाईते



२७ फागुन,दैलेख / कर्णाली राजमार्ग अन्तरगत दैलेखको आठबीस नगरपालिका वडा नम्बर १ टुइकुनामा माइक्रो वस दुर्घटना हुँदा २ जनाको मृत्यु । एक जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा स्थानीय मेडिकलमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घटना स्थलमै मृत्यु हुनेमा कालीकोटका शुभकालिका गाउँपालिका २ का वर्ष ३८ का जितेन्द्र शाही रहनु भएको छ भने उपचारका क्रममा कालीकोट नरहरीनाथ गाउँपालिका वडा नं ९ का वर्ष २१ का कमल बिक रहनु भएको छ ।

कालीकोट सदरमुकाम मान्मवाट सुर्खेतका लागि छुटेको कर्णाली प्रदेश ०२००१ ख ०२४७ नम्वर वस आज विहान दुर्घटना भएको थियो । दुर्घटनमा परी दाङका एक जनासहित १६ जना घाइते भएका छन्। घाईते मध्ये सात जनाको अवस्था गम्भीर रहेको उद्धारमा सहभागी कालीकोट रास्कोटका गोकर्ण सज्यालले बताउनुभयो ।

गम्भीर ७ जनालाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लगिएको छ । घाईते हुने अधिकांस कालीकोटका रहेकाछन् । दुर्घटनामा परी कालीकोटको खाँडाचक्र नगरपालिकाका लेखापाल धिरवहादुर शाही, कालीकोटकै तर्कराज शाही, कुसि शाही, बिवेश शाही, कलेन्द्र शाही, दुर्गवहादुर शाही, धिरेन्द्र शाही, दिलवहादुर रोकाया, भरत शाही, तिर्थराज शाही, अर्का तिर्थराज शाही रहेका छन ।

यस्तै दाङका रमेश चौधरी र जुम्लाका नरवहादुर शाही पनि घाईते हुनुभएको छ । सामान्य घाईतेहरुको स्थानीय मेडिकलमा उपचार भईरहेको छ । गाडी सडकवाट करिव दुई सय मिटर तल खसेको छ । गाडीमा कालीकोट जिल्ला प्रहरी कार्यालयमा कार्यरत तीन जना प्रहरी समेत रहेको प्रहरी निरीक्षक भुपेन्द्र वहादुर शाहीले बताउनुभयो । निरीक्षक शाहीले घाईते मध्य प्रहरी जवान रमेश चौधरीको अवस्था गम्भीर रहेको बताउनुभयो । केही स्थानीयले भने गाडीमा २१ जना हुन सक्ने बताएका छन् ।

प्रकाशित मिति : २०७७ फाल्गुन २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्