२०७८ असार १० गते बिहिवार

घोराही देखि धारापानीसम्मको सवारी साधन भाडा दर निर्धारित



२६ घोराही । घोराही उपमहानगरपालिका वडा नं ५ मा रहेको पाण्डवेश्वर महादेव मन्दिर धारपानी आवतजावत गर्न यातायातका साधनहरुको एक तर्फी भाडा दर निर्धारण गरिएको छ । प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । शिवरात्रीको अवसरमा धरै सवारी साधनहरुले मनपरि भाडा लिने गरेकोमा अहिले भने निश्चित एक तर्फी भाडा दर तोकिएको हो ।

महाशिवरात्रीको दिनमा मुलुकभर र छिमेकी देश भारतबाट समेत भक्तजनहरुको घुइँचो लाग्ने भएकाले सार्वजनिक यातायातलाई व्यवस्थित गर्नको लागि यस्तो निर्णय गरेको प्रमुख अधिकारी पौडेलले बताउनुभयो । घोराही देखि धारापानीसम्म ठुलो बस तथा हाइसको लागी प्रतिव्यक्ति रु ४० र टेम्पोको लागी भरतपुर उकालो देखी प्रतिव्यक्ति रु ५० साथै तुल्सीपुर चोक र ट्राफिक चोक देखि धारापानीसम्मको भाडा दर रु ७५ प्रतिव्यक्ति कायम गरिएको छ । यो निर्धारित भाडा दर अन्य दिनहरुमा पनि लाग्ने पौडेले बताउनुभयो ।।

प्रकाशित मिति : २०७७ फाल्गुन २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस्