२५ फागुन,घोराही/ महाशिवरात्रिको अवसरमा घोराही उपमहानगरपालिका वडा नम्बर ५ धारापानीमा रहेको पाण्डवेश्वर महादेव मन्दिरमा मेला लाग्ने भएको छ । शिवरात्रिका अवसरमा २७ गते लाग्ने मेलाको तयारीलाई तिव्र पारिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
शिवरात्रि अवसरमा धारापानीमा हुने मेला तथा विशेष पूजालाई व्यवस्थित बनाउनका लागि विभिन्न समिति गठन गरेर तयारीलाई तीव्र पारिएको पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्यले जानकारी दिनुभयो ।
उहाँले २७ गते लाग्ने मेलालाई व्यवस्थित गर्नका लागि विभिन्न उपसमिति गठन देखि मन्दिर परिसरलाई सजाउने काम भईरहेको उहाँको भनाई छ । सचिव आचार्यले कोरोना जोखिम रहेकाले महाशिवरात्रिका अवसरमा मन्दिरमा हुने विशेष पूजामा अनिवार्य मास्कको समेत प्रयोग गरिएको छ ।
मन्दिरमा हुने भिडभाडलाई व्यवस्थापनसंगै शिवरात्रिमा भीडभाडलाई कम गर्नका लागि छुट्टाछुटै मन्दिर प्रवेश गर्ने र बाहिरिने बाटो, भाडादर कायम, मन्दिरमा आउनका लागि गाडीको व्यवस्था, पूजाको व्यवस्था, स्वास्थ्य उपचार लगाएतको कामहरु भइरहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश अधिकारीले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार विगतका बर्षहरु भन्दा यसबर्ष मन्दिरमा हुने विशेष पूजालाई व्यवस्थित गर्ने काम भईरहेको उहाँले बताउनुभएको छ ।