२०७८ बैशाख २ गते बिहिवार

एमाले र माओवादी दुवैलाई आज पत्र पठाउँदै निर्वाचन आयोग



२५ फागुन,काठमाडौं । सर्वोच्च अदालतले गरेको फैसला अनुसारको पत्र आज निर्वाचन आयोगले माओवादी केन्द्र र एमाले दुवैलाई दिने भएको छ । गत आइतबार सर्वोच्च अदालतले २०७५ जेठ तीन गते दुई पार्टीले गरेको एकतालाई बदर गरिदिएको थियो।

नेपाल कम्युनिस्ट नामको पार्टी ऋषि कट्टेलको भएको भन्दै एमाले र माओवादी पार्टी पहिलेकै अवस्थामा रहेको फैसला सर्वोच्च अदालतले गरेको थियो ।

आइतबार नै सर्वोच्चको पत्र आएर दर्ता भइसकेको जानकारी निर्वाचन आयोगले गरेको थियो । सोमबार नारी दिवसका कारण सार्वजनिक विदा परेकाले मंगलबार निर्वाचन आयोगले दुवै दललाई पत्र पठाएर औपचारिक जानकारी दिन लागेको हो ।

प्रकाशित मिति : २०७७ फाल्गुन २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्