२०७८ असार ८ गते मङ्गलवार

अनलाइन ठगीमा संलग्न भएको आरोपमा दाङका खड्का पक्राउ



 

२४ फागुन,दाङ / अर्काको ईसेवाको खाताबाट रकमान्तर गरी अनलाइन ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । अनलाइन ठगीमा संलग्न भएको आरोपमा दाङको तुलसीपुर उपमहानगरपालिका ४ घर भई काठमाडौंको चावहिल बस्दै आएका २३ वर्षीय आशिष खड्कालाई भक्तपुरको सानोठिमीबाट प्रहरीले पक्राउ गरेको हो ।

भेटघाट गरेर नजिक भएपछि विभिन्न बहानामा कम्प्युटर, ल्यापटप र मोबाइल हेर्ने र गुगल एकाउण्टको पासवर्ड थाहा पाएर ईसेवाको एकाउण्ट खोलेर अन्य व्यक्तिका खातामा अनधिकृत रुपमा रकम पठाउने गरेको पीडितहरुले उजुरी दिएका थिए ।

पक्राउ परेका आशिषलाई ठगी मुद्दामा आवश्यक कारबाहीका लागि महानगरी प्रहरी परिसर काठमाडौंमा पठाइएको बताईएको छ ।।

प्रकाशित मिति : २०७७ फाल्गुन २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस्