२०७८ साउन १६ गते शनिवार

नारी दिवसको अवसरमा छात्राहरुलाई सम्मान



२४ फागुन,घोराही / दाङको घोराहीमा रहेको भिक्टोरियया ट्यूसन सेन्टरले छात्राहरुलाई सम्मान तथा शुभकामना आदानप्रदान गरेको छ । आज परेको एक सय ११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा सेन्टरमा अध्ययनरत छात्राहरुलाई सम्मान गर्नुुका साथै शुभकामना आदानप्रदान गरिएको हो ।

कार्यक्रममा सेन्टरका प्रमुख सुमन शर्माको अध्यक्षता एवं राष्ट्रिय वाणिज्य बैंक घोराही शाखाका प्रबन्धक श्रीधर घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख शर्माले नारी हाम्रो समाजका महत्वपुर्ण पहिचान र गहना भएको भन्दै समाजमा नारी प्रतिको नकारात्मक सोच परिवर्तन गर्न आवश्य रहेको बताउनुभएको छ ।

सेन्टरका कोर्डिनेटर सत्यपाल यादवको स्वागत मन्तव्यबाट सुरभएको कार्यक्रमको सहजिकरण संस्थाका संस्थापक कपिल के.सीले गर्नुभएको थियो । समान कामको समान ज्याला पाउनुपर्ने भन्दै सन् १९०८ मार्च ८ का दिन अमेरिकाको न्यूयोर्क शहरको कपडा कारखानामा काम गर्ने महिलाहरुले सुरु गरेको आन्दोलनको संझनामा यो दिवस मानाउने गरिन्छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस्