२०७८ साउन १९ गते मङ्गलवार

सञ्चारक्षेत्रमा महिला सम्वन्धी विषय प्राथमिकतामा



२३ फागुन,घोराही/ सञ्चारक्षेत्रमा महिला सम्वन्धी विषयबस्तुलाई प्राथमिकतामा दिनुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । पत्रकार महिला पञ्च दाङको १७ आंै स्थापना दिवसका अवसरमा घोराहीमा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले सञ्चार माध्यमहरुले महिलासँग जोडिएका विषयवस्तुहरुलाई प्राथमिकतामा राख्नुपर्ने बताएका हुन ।

पत्रकार महिला मञ्च दाङका अध्यक्ष लक्ष्मी आचार्यको अध्यक्षतामा भएको घोराही उपमहानगरपालिका उपप्रमुख सिता सिग्देल न्यौपानेले महिलाहरुको क्षमतावृद्धिसँगै उनीहरुको बिषयलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

संविधानमा महिला अधिकार सुनिश्चिता गरेपनि व्यवहारमा अहिले पनि त्यस्तो हुन नसकेको भन्दै उहाँले लैंगीक विभेदको विषयका आवाज महिला पत्रकारहरुले उठाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले पत्रकार महिला मञ्चले समग्र महिलाहरुको विषयलाई प्रतिनिधित्व गर्ने गरी काम गर्न सुझाव दिएका थिए । त्यसका लागि पत्रकार महिला मञ्चसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको उनीहरुको भनाई रहेको थियो । सुशीला आचार्यको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकरण सचिव राधा पौडेलले गर्नुभएको थियो ।।

 

प्रकाशित मिति : २०७७ फाल्गुन २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस्