२०७८ जेष्ठ २ गते आइतवार

प्रधानमन्त्री ओली र दाहाल–नेपाल पक्षको नेकपाको नाम खोसियो



२३ फागुन,काठमाडौं/  प्रधानमन्त्री केपी शर्मा ओली र दाहाल–नेपाल पक्ष दुबैले अब नेकपा नाम खोसिएको छ । सर्वोच्च अदालतले यस सम्बन्धित आइतबार फैसला गर्दै अब उप्रान्त सो नाम ऋषि कट्टेलले नै प्रयोग गर्न दिने निणर्य दिएको छ।

तत्कालीन एमाले र माओवादी केन्द्र मिलेपछि सो पार्टीको नाम नेकपा राखिएको थियो । निर्वाचन आयोगको सो निर्णय बदरको माग गर्दै नेकपाका अध्यक्ष ऋषि कट्टेलले अदालमा रिट दायर गरेका थिए।

सर्वोच्चका न्यायाधीहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको ईजलासले अव उप्रन्त ऋषि कट्टेल नेतृत्वको नेकपाले सो नाम प्रयोग गर्न दिने निर्णय सुनाएको हो ।

प्रकाशित मिति : २०७७ फाल्गुन २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस्