२०७८ जेष्ठ ३ गते सोमवार

स्थानीयले घोराही–होलेरी सडक बन्द गर्ने



२३ फागुन,घोराही/
दाङको घोराही देखी रोल्पाको होलेरी सम्मको ३० किलोमिटर सहिदमार्ग सडक भोलि बन्द हुने भएको छ । घोराहीमा रहेको सिमेन्ट उद्योगका लागि आवश्यक पर्ने चुनढुंगा बोक्ने टिप्परका कारण सडक भत्किएको स्थानीयवासीको आरोप छ ।

स्थानीयहरले केही समयदेखि सडक सुधारको माग गर्दै आन्दोलन गरिरहेका छन । रुन्टीगढी गाउँपालिका ५ स्थित नयाँगाउँ धौलाबाङ भन्ने ठाउँबाट दाङमा रहेको सिमेन्ट उद्योगमा सहिदमार्ग हुँदै टिप्परहरूले चुनढुंगा ढुवानी गर्दै आएको जनाइएको छ ।

सहिदमार्ग सुधार संघर्ष समितिले विज्ञप्ति जारी गर्दै आफ्नो माग ध्यानकर्षण गराउन भोलि सम्पूर्ण यातायातका साधन बन्दको आव्हान गरेको छ ।

चुनढुंगा ढुवानी गर्ने साधनको हकमा भने अर्को सूचना नहुञ्जेल सम्म बन्द कायमै रहने सहिदमार्ग सुधार संघर्ष समितिका संयोजक नन्दराम खड्का द्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।।

प्रकाशित मिति : २०७७ फाल्गुन २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस्