२०७८ बैशाख ९ गते बिहिवार

कोरोना विरुद्धको खोप ढुक्क भएर लगाउनुस् : प्रधानमन्त्री



२३ फागुन,घोराही/
प्रधानमन्त्री केपी शर्मा ओलीले ढुक्क भएर कोरोना भाइरसविरुद्धको खोप लगाउन अपिल गर्नुभएको छ । त्रिवि शिक्षण अस्पतालमा आज बिहान कोरोना भाइरसविरुद्धको खोपको पहिलो डोज लगाएपछि प्रधानमन्त्री ओलीले महामारी नियन्त्रणका लागि खोप अत्यावश्यक रहेकाले पायक पर्ने ठाउँमा उपलब्ध भएका बेला खोप लगाउन अपिल गर्नूभयो ।

सरकारले आजदेखि हिमाली जिल्लामा ५५ वर्षमाथिका र अन्य जिल्लामा ६५ वर्षमाथिका व्यक्तिलाई खोप लगाउन सुरु गरेको छ ।

खोपलाई लिएर सर्वसाधारणमा विभिन्न शंका रहेका बेला प्रधानमन्त्री ओलीले कुनै पनि दुविधा राखी खोप लगाउन अपिल गर्नुभयो । यस्तै त्रिवि अस्पतालमै पुगेर परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले पनि खोप लगाउनुभएको छ । उहाँले पनि सबैलाई ढुक्क भएर खोप लगाउन आग्रह गर्नुभयो ।

 

प्रकाशित मिति : २०७७ फाल्गुन २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस्