२०७८ साउन १३ गते बुधवार

नेकपाका दुवै पक्ष संसद बैठकमा एकै लहरमा बस्ने



२३ फागुन,घोराही ।
नेकपाका दुवै पक्ष (ओली पक्ष र दाहाल–नेपाल पक्ष)का सांसदहरु आज बस्न लागेको प्रतिनिधि सभाको बैठकमा सत्ता पक्षकै लहरमा बस्नुपर्ने भएको छ ।

आज संसद सचिवालयमा गरेको पत्रकार सम्मेलनमा बोल्दै संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेले सत्तारुढ नेकपाका दुवै पक्ष सत्ता पक्ष कै लहरमा बस्नुपर्ने जानकारी दिनुुभयो । निर्वाचन आयोगबाट पार्टी विभाजनको आधिकारिक पत्र नआईसकेकोले नेकपाका दुवै पक्ष सत्ता पक्ष कै लहरमा बस्ने व्यवस्था गरिएको प्रवक्ता पाण्डेको भनाई छ ।

साथै प्रवक्ता पाण्डेले सचिवालयले दलको विभाजनको विवाद निरुपण गर्न नसक्ने पनि स्पष्ट पार्नुुभयो । सचिवालयले दलको विवाद निरुपणका लागि सहजीकरणको भूमिका मात्र खेल्ने उहाँको भनाई छ ।

पुनःस्थापित प्रतिनिधि सभाको पहिलो बैठक आज दिउँसो ४ बजे बस्दैछ । गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्नुुभएको थियो ।

तर सो विरुद्ध विभिन्न रिट दायर भएपछि सर्वोच्च अदालतले फागुन ११ गते प्रतिनिधि सभा विघटनको निर्णय बदर १३ दिनभित्र प्रतिनिधि सभाको बैठक बोलाउन फैसला गरेको थियो । सोही अनुसार राष्ट्रपति भण्डारीले आजका लागि बैठक आह्वान गर्नुुभएको हो ।

प्रकाशित मिति : २०७७ फाल्गुन २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस्